Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतीय उपराष्ट्रपतिले गरे अप्रत्यासित राजीनामा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली । भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। सोमबार राष्ट्रपति द्रौपदी मुर्मुलाई पठाएको राजीनामा पत्रमा उनले अब आफू आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने बताएका छन्।

७४ वर्षीय धनखडले सन् २०२२ को अगस्टमा उपराष्ट्रपति पद सम्हालेका थिए। संविधानको अनुच्छेद ६७ (ए) अनुसार उनले तत्काल प्रभावबाट पदत्याग गर्ने उल्लेख गरेका छन्। उनको कार्यकाल सन् २०२७ सम्म रहने अनुमान गरिएको थियो, तर अप्रत्याशित रूपमा राजीनामा दिएपछि अब उपराष्ट्रपति पद रिक्त भएको छ।

बिज्ञापन

अब प्रश्न उठ्छ- उपराष्ट्रपति पद रिक्त भएपछि के हुन्छ? संविधान अनुसार, भारतको उपराष्ट्रपति नहुँदा सो पदको कार्यभार कसले सम्हाल्छ र नयाँ उपराष्ट्रपति कसरी चयन हुन्छ?

संविधानले उपराष्ट्रपति पद खाली भएको अवस्थामा ६ महिनाभित्र नयाँ उपराष्ट्रपति चयन गर्नुपर्ने प्रावधान गरेको छ। निर्वाचन आयोगले यो प्रक्रिया सञ्चालन गर्नेछ। निर्वाचन प्रक्रिया भारतीय संसदका सदस्यहरूद्वारा मतदानमार्फत हुन्छ, जसमा लोकसभा र राज्यसभाका सदस्यहरू सहभागी हुन्छन्। निर्वाचन गोप्य मत प्रणाली र एकल स्थानान्तरण योग्य मत प्रणाली अनुसार सम्पन्न गरिन्छ।

उपराष्ट्रपति बन्नका लागि उम्मेदवारले भारतीय नागरिक हुनु पर्ने, कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनु पर्ने, र राज्यसभा सदस्य बन्ने योग्यता पुगेको हुनुपर्ने हुन्छ। साथै, उम्मेदवारले कुनै लाभको पद धारण गरेको नहुनुपर्छ।

राजीनामा पछि अस्थायी रूपमा उपराष्ट्रपति पद खाली रहँदा अध्यक्षीय जिम्मेवारी राज्यसभाका उपसभामुखले सम्हाल्ने व्यवस्था हुन्छ। तर यदि त्यो पद पनि खाली छ भने, राष्ट्रपति निर्देशित सदस्यले बैठक संचालन गर्न सक्छन्।

जगदीप धनखडको राजीनामाले भारतीय राजनीति र संसदीय प्रक्रियामा एक महत्वपूर्ण मोड ल्याएको छ। अब निर्वाचन आयोगको नजर नयाँ उपराष्ट्रपति चयन प्रक्रियातर्फ केन्द्रित हुनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka