Premier Cables
Premier Steel

विराटनगर समाचार

मोरङमा २८ हजारले नयाँ नागरिकता लिँदा ९८ ले त्यागे, ८ जनाको खारेज

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | राती ९:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०८१/८२ मा २७ हजारभन्दा बढी नागरिकता प्रमाणपत्र वितरण गरेको छ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार एक वर्षको अवधिमा वंशजका आधारमा २७ हजार १ सय २१ जनाले नागरिकता प्राप्त गरेका छन्। त्यस्तै, वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्नेको संख्या १ हजार १२३ रहेको छ भने २६ हजार ४ सय २६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।

बिज्ञापन

प्रतिवेदनअनुसार सोही अवधिमा ९८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने ८ जनाको नागरिकता खारेज गरिएको छ।

सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय परिचयपत्र कार्यक्रम पनि मोरङमा तीव्र गतिमा अगाडि बढेको छ। हालसम्म ७८ हजार ६ सय ८८ जनाको विवरण दर्ता गरिएको छ भने २६ हजार ९ सय २५ जनाले परिचयपत्र प्राप्त गरेका छन्।

त्यसैगरी, राहदानी सेवा समेत प्रभावकारी रूपमा सञ्चालन भएको कार्यालयको भनाइ छ। एक वर्षमा ३१ हजार १ सय ६१ वटा राहदानी वितरण गरिएको छ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, र राहदानीजस्ता मुख्य सेवासहित कार्यालयले शान्ति–सुरक्षा, अपराध नियन्त्रण, बजार अनुगमन, विपद् व्यवस्थापन र अन्य प्रशासनिक जिम्मेवारीहरू पनि सफलतापूर्वक निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ।

विपद् पीडितलाई २४ लाख ३९ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ। कार्यालयमा दर्ता भएका ४७७ मुद्दामध्ये ३६० वटा फछ्र्योट भएका छन्। यस्तै, ४३५ निवेदनमध्ये ३२७ वटा समाधान गरिएको छ।

राजस्व संकलनतर्फ, हातहतियार सम्बन्धी शुल्कबाट ९ लाख ४३ हजार ७५० रुपैयाँ, राहदानी दस्तुरबाट ११ करोड १२ लाख ६३ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवाबाट १२ लाख ४९ हजार रुपैयाँ तथा प्रशासनिक जरिवाना र जफतबाट ११ लाख ७३ हजार रुपैयाँ आम्दानी गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka