Premier Cables
Premier Steel

राष्ट्रिय

आमाको नामबाट नागरिकता पाउने विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०६, २०८२  | साँझ ६:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने व्यवस्था सहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।

गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। उनले संसद्ले विधेयकलाई अझ उन्नत, व्यावहारिक र पारदर्शी बनाएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

बिज्ञापन

विधेयकले नेपालकी नागरिक आमाबाट नेपालमै जन्म भई बसोबास गर्ने तर बाबुको पहिचान नखुलेका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ। यस अन्तर्गत, बाबु सम्पर्कविहीन भएको, आमाले बाबुको पहिचान पुष्टि गर्न नसकेको, वा जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा बाबुको नाम भए पनि परिचय खुलाउन नसकिएको अवस्थामा समेत आमाको आधारमा सन्तानलाई नागरिकता प्रदान गरिनेछ।

यस्तै, नेपाली आमाबाट विदेशमा जन्म भई नेपालमै स्थायी बसोबास गर्ने, विदेशी नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिलाई अंगीकृत नागरिकता दिने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ। साथै, कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा आमा वा बाबुमध्ये एकको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहेमा निवेदनको आधारमा त्यो विवरण उल्लेख नगरी नागरिकता दिने व्यवस्था पनि गरिएको छ।

त्यस्तै, बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेका नाबालकलाई नाबालक परिचयपत्र प्रदान गर्ने प्रावधान विधेयकमा समेटिएको छ।

गृहमन्त्री लेखकका अनुसार, बाबु वा आमामध्ये कुनै एकले जन्मका आधारमा नागरिकता पाएको र अर्कोले नागरिकता पाउनुअघि नै मृत्यु भएको वा सम्पर्कविहीन रहेको अवस्थामा पनि अंगीकृत नागरिकता दिने व्यवस्था विधेयकमा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka