Premier Cables
Premier Steel

राजनीति

नागरिकता विधेयक पारित : आमाको नामबाट नागरिकता पाउने बाटो खुल्याे

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १४, २०८२  | साँझ ७:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित गरिएको छ। गृहमन्त्री रमेश लेखकले बैठकमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि संसद्ले उक्त प्रस्ताव पारित गरेको हो।

यसअघि मन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गरेका थिए।

बिज्ञापन

विधेयकले विशेषतः नेपाली आमाबाट जन्मिएका सन्तानलाई आमाको नाममा नागरिकता दिने कानुनी व्यवस्था सुनिश्चित गरेको छ। गृहमन्त्री लेखकका अनुसार अदालतका विभिन्न निर्णय कार्यान्वयन गर्न र विदेशमा जन्मिएका सन्तानले नेपालमा नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न विधेयक ल्याइएको हो।

विधेयकमा विदेशमा जन्मिएर नेपालमा बसोबास गरिरहेका, बाबुको पहिचान नभएका र विदेशको नागरिकता वा राहदानी नलिएका व्यक्तिले स्वघोषणा गरेमा अंगीकृत नागरिकता पाउने व्यवस्था गरिएको छ। साथै, १६ वर्ष नपुगेका, बाबु वा आमामध्ये एक जना नेपाली नागरिक रहेका नाबालकलाई नाबालक परिचयपत्र दिने प्रावधान पनि समावेश गरिएको छ।

छलफलका क्रममा सांसद प्रकाश ज्वालाले विधेयकले आमाको नामबाट नागरिकता पाउने बाटो खोलेको बताए। सांसद ज्वालाकुमारी साहले राष्ट्रिय सुरक्षा, एकता र सम्प्रभुतामा असर नपार्ने गरी नागरिकता व्यवस्थापन गर्न यो कानुन आवश्यक भएको धारणा राखिन्।

सांसद प्रेम सुवालले सीमा क्षेत्रमा नागरिकता समस्यामा स्पष्ट समाधान नआएको भन्दै बाबुको खोजी पनि हुनुपर्नेमा जोड दिए। सांसद रामकृष्ण यादवले विधेयक कार्यान्वयन भएमा विशेषतः तराईका जिल्लामा देखिएका नागरिकतासम्बन्धी समस्याहरू अन्त्य हुने विश्वास व्यक्त गरे।

सांसद रञ्जुकुमारी झाले आमाको नाममा नागरिकता दिने विषयमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न विधेयक आएको उल्लेख गरिन् भने सांसद चित्रबहादुर केसीले भारतसँगको खुला सीमाका कारण देखिएको नागरिकता विवाद समाधान गर्न विधेयक पर्याप्त नहुने धारणा राखे।

विधेयकमाथि रुपा सोशी चौधरी, शेरबहादुर कुँवर, माधव सापकोटा, मुक्ताकुमारी यादव, नारायणी शर्मा, पूर्णबहादुर घर्ती, भगवती चौधरी, अमृतलाल राजवंशी, कान्तिका सेजुवाल, सुशीला थिङ, अमृतादेवी अग्रहरी लगायतका सांसदहरूले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa