Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

राष्ट्रिय

आमाको नामबाट सजिलै नागरिकता पाइने, पहिलेका झन्झट हटाइयो

Calendar बुधबार, जेठ २८, २०८२  | बिहान ९:०० बजे

काठमाडौं । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्थामा रहेको

झन्झट हटाउँदै अब उप्रान्त आमाले स्वघोषणा गरेमा बालबालिकाले आमाको नामबाट नागरिकता पाउन सक्ने व्यवस्था गरिएको विधेयक संसदीय समितिले पारित गरेको छ ।

बिज्ञापन

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले सरकारले ल्याएको नागरिकता विधेयक पारित गरेको हो ।

विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था गरिएको छ । विधेयकमा आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । तर यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ ।

आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो । यसअघि नागरिकता लिनका लागि आमा र बाबुको नाम अनिवार्य थियो ।

गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयका लागि भने सरकारले छुट्टै कानुन बनाउने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ ।

गोरखा सैनिकका समस्या समाधान गर्न पनि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको सरकारले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो