Premier Cables
Premier Steel

समाचार

एसिड खाँदा धरानमा एक युवकको मृत्यु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | बिहान ११:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको धरानमा तेजाब(एसिड) सेवन गरेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका करिब ४४ वर्षीय सरोज विकको आइतबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।

डीएसपी खतिवडाका अनुसार, विकले असार २३ गते राति मादक पदार्थ सेवन ९मापसे० गरेको अवस्थामा घरमै राखिएको तेजाब सेवन गरेका थिए। सो तेजाब घरको धारा सफा गर्न राखिएको थियो। तेजाब सेवनलगत्तै उनको अवस्था गम्भीर भएपछि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

बिज्ञापन

तर, स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम स्थानान्तरण गरिएको थियो। उपचारको क्रममा झण्डै दुई हप्ता बितिसकेको भए पनि स्वास्थ्य अवस्था जटिल रहँदै आएको र अन्ततः आइतबार राति करिब १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। विकले तेजाब किन र कसरी खाए भन्ने विषयमा विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka