Premier Cables
Premier Steel

मौसम

मौसम विभागको अपिल : शनिबारदेखि पूर्वी नेपालमा भारी वर्षा हुन्छ, सतर्क रहनु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०२, २०८२  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा सुरु हुने र सोमबारसम्म देशभर वर्षा तीव्र हुने पूर्वानुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनी प्रणाली भारततर्फ सक्रिय भएकाले नेपालमा शनिबार दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा र त्यसपछि भारी वर्षाको सम्भावना छ।

बिज्ञापन

पोखरेलले सामाजिक सञ्जालमार्फत सतर्क रहन आग्रह गर्दै भनेका छन्, “शनिबार रातिदेखि भारी वर्षा सुरु भई सोमबारसम्म देशभर फैलिने सम्भावना छ।”

पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि शनिबार मध्यरातदेखि पूर्वी तराई तथा पहाडी क्षेत्रहरूमा भारी वर्षा हुने बताएका छन्। आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मध्य तराई र अन्य क्षेत्रहरूमा पनि वर्षा तीव्र हुने सम्भावना रहेको उनले जनाएका छन्।

उपाध्यायले आइतबार र सोमबार वाग्मती, कोसी र गण्डकी जलाधारमा भीषण वर्षा हुने चेतावनी दिँदै लामो दूरीको यात्रा विशेषगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग, र बुटवल–नारायणगढ खण्डमा नगर्न सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले पनि शनिबार रातिदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka