सुनसरी, मोरङ र धनकुटामा भारी वर्षा: आकस्मिक बाढी र पहिरोको जोखिम
सतर्कता अपनाउन आग्रह
नोट: यो समाचार ५ महिना अघिको हो
आइतबार, साउन ०४, २०८२ |
बिहान ८:३३ बजे
फाइल फाेटाे
विराटनगर । पछिल्लो ३ घण्टामा सुनसरी, मोरङ र धनकुटा जिल्लाका वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागले सो क्षेत्र भएर बहने खोलाहरूमा आकस्मिक बाढी र पहिरोको जोखिम बढेको जनाएको छ।
बिज्ञापन
सुनसरी र मोरङ जिल्लाका विभिन्न वर्षामापन केन्द्रहरूमा लगातार पानी परिरहेकाले सेउती, बुढी, र खेसलिया खोलामा आकस्मिक बाढी आउन सक्ने खतरा रहेको विभागले जनाएको छ। दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी, धनकुटा जिल्लास्थित त्रिवेणी र मछुवाघाट वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ। यस क्षेत्र भएर बहने साना खोलामा बहाव एक्कासि बढ्न सक्ने तथा भिरालो र कमजोर जमिनमा पहिरो खस्ने सम्भावना रहेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।