Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

एयर इन्डियाको दाबी : हाम्रा बिमानका ‘फ्युल स्वीच’ मा कुनै खराबी छैन् !

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०२, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली । एयर इन्डियाले आफ्ना सबै बोइङ विमानहरूको इन्धन स्विच जाँच गर्दा कुनै समस्या नदेखिएको जनाएको छ। गत जुन १२ मा अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनामा परेपछि भारतले सबै वायुसेवा कम्पनीलाई इन्धन स्विच जाँच गर्न निर्देशन दिएको थियो।

दुर्घटनामा चालक दलसहित २४२ जना सवार थिए। मेघनीनगरस्थित आवासीय क्षेत्रमा खसेको जहाजमा यात्रु र सर्वसाधारणसहित २७० भन्दा बढीको ज्यान गएको थियो।

बिज्ञापन

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले प्रारम्भिक प्रतिवेदनमा जहाजका दुई इन्जिनमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू उडानकै बेला बन्द भएको उल्लेख गरेको छ। ती स्विचहरू एक सेकेन्डको अन्तरमा बन्द भए पनि पुनः अन गर्दा इन्जिन पुनः चल्न सकेन, जसले दुर्घटना निम्त्यायो।

ककपिट भ्वाइस रेकर्डर अनुसार एक पाइलटले अर्कालाई “तपाईंले इन्धन स्विच किन बन्द गर्नुभयो?” भनेको सुन्निएको छ। अमेरिकी सञ्चारमाध्यम वॉल स्ट्रिट जर्नल ले कप्तान सुमित सभरवालले ती स्विच बन्द गरेको र सह-पाइलट क्लाइभ कुन्दरले प्रश्न उठाएको दाबी गरेको छ।

बोइङ र एफएएले स्विच सुरक्षित रहेको बताएको छ भने भारतको नागरिक उड्डयन मन्त्रालयले अमेरिकी रिपोर्टलाई एकतर्फी भनेको छ। एयर इन्डियाले पाइलटहरू अनुभवी रहेको बताउँदै अन्धाधुन्ध आरोप लगाउनु अनुचित भएको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka