Premier Cables
Premier Steel

अर्थ

सुन तथा गहनाको कारोबारमा विलासिता शुल्क लागू, बीजक ढाँचामा परिवर्तन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले २०८२ श्रावण १ गतेदेखि सुन तथा सुनका गहनाको कारोबारमा २ प्रतिशत विलासिता शुल्क लागू गरेको छ।

गहनाको बिक्री गर्दा कारोबारकर्ताले बिक्री मूल्यको २ प्रतिशत अतिरिक्त शुल्क असुल गर्नुपर्नेछ, जुन राजस्व कार्यालयमा दाखिला गर्न अनिवार्य गरिएको छ।

बिज्ञापन

मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका तथा नभएका सबै कारोबारकर्तालाई यो नियम लागू हुनेछ। सरकारले यस प्रक्रिया पारदर्शी बनाउन बीजकको नयाँ ढाँचा पनि सार्वजनिक गरेको छ। जसअनुसार, गहना बिक्री गर्दा नयाँ ढाँचाको बीजक जारी गर्नु पर्नेछ र नियमित रूपमा सम्बन्धित विवरणहरु पेस गर्नुपर्नेछ।

नयाँ बीजक ढाँचामा कारोबारको मिति, ग्राहकको विवरण, गहना विवरण, बिक्री मूल्य, विलासिता शुल्कको रकम, मूल्य अभिवृद्धि कर (यदि लाग्छ भने), तथा कुल रकम स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, कारोबार विवरण राजस्व कार्यालयमा समयमै पेस गर्नुपर्ने नियम पनि लागू गरिएको छ।

यसबाट सुन तथा गहनाको बजारमा पारदर्शिता बढ्ने, राजस्व संकलनमा वृद्धि हुने, र अनौपचारिक कारोबारमा नियन्त्रण हुने सरकारले दाबी गरेको छ । तर व्यवसायीले भने यसबाट उपभोक्तालाई नै समस्या हुने र अतिरिक्त मूल्यको भार पर्ने बताउंदै आएका छन् ।

यसको विरोधमा देशभर व्यवसायीले प्रदर्शन गर्दै पसल बन्द गरेका थिए ।

यता सरकारले भने करदाताहरुलाई नयाँ प्रणालीको कार्यान्वयनका लागि आवश्यक जानकारी र सहयोग प्रदान गरिने जनाएको छ।

Biratnagar Top News Channel

Inland Revenue Department

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka