Premier Cables
Premier Steel

अर्थ

एक सातामै सुनको मूल्य तोलामा ५ हजार ८ सयल घट्यो

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | बिहान १०:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। गत आइतबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा १ लाख ८९ हजार ४ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यका अनुसार एक सातामा सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले घटेको हो।

बिज्ञापन

नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा गिरावट देखिएको छ। समाचार संस्था रोयटर्सका अनुसार, गत बिहीबार मात्र अमेरिकामा सुनको मूल्य २ प्रतिशतले घटेको हो।

विश्लेषकहरूका अनुसार अमेरिका–चीनबीच व्यापार सम्झौता नजिकिएपछि लगानीकर्ताहरूमा जोखिम कम हुने अपेक्षा बनिएको छ, जसका कारण सुरक्षित लगानीका रूपमा चिनिने सुनप्रति आकर्षण घट्दै गएको हो।

यसअघि अमेरिका–चीन व्यापार युद्ध चर्कंदै जाँदा विश्वभर लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका थिए, जसले गर्दा मूल्यमा लगातार वृद्धि भएको थियो। तर, अहिले व्यापार सम्झौताको संकेत देखिएसँगै मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ।

यसो हुँदा नेपाली बजारमा पनि यसको प्रभाव परेको हो। आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको गति र आर्थिक परिस्थितिको आधारमा सुनको मूल्यमा अझ उतार–चढाव आउने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka