Premier Cables
Premier Steel

खेलकुद

ओलम्पिकमा फर्कियो क्रिकेट, लस एन्जलस २०२८ मा हुनेछ टी-२० प्रतिस्पर्धा

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, असार ३२, २०८२  | अपराह्न १:३० बजे

नयाँ दिल्ली । क्रिकेट आधिकारिक रूपमा सन् २०२८ को लस एन्जलस ओलम्पिकमा फर्किने भएको छ । र यसको मिति पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

अप्रिलमा टिम संख्या र स्थान तय भएपछि, अब इन्टरनेशनल ओलम्पिक कमिटी (आईसीसी) ले घोषणा गरेको छ । लस एन्जलस २०२८ मा पुरुष तथा महिला दुवै श्रेणीका टी२० क्रिकेट प्रतिस्पर्धा १२ जुलाईदेखि २९ जुलाई २०२८ सम्म सञ्चालन हुनेछन्।

बिज्ञापन

महिला फाइनल २० जुलाई मा हुनेछ भने पुरुष फाइनल २९ जुलाई मा हुनेछ।

यो घोषणा क्रिकेटका लागि ऐतिहासिक क्षण हो, किनभने यो खेल दोस्रो पटक ओलम्पिकमा समावेश हुँदैछ — पहिलोपटक सन् १९०० को पेरिस ओलम्पिकमा बेलायत र फ्रान्सबीच एक मात्र खेल भएको थियो, जहाँ बेलायतले स्वर्ण पदक जितेको थियो।

प्रत्येक लिङ्गका लागि ६ टिम प्रतिस्पर्धामा सहभागि हुनेछन्, र प्रत्येक प्रतियोगितामा ९० खेलाडी कोटा छुट्याइएको छ, जसअनुसार १५ सदस्यीय टोली तोक्न सकिनेछ।

सबै खेलहरू लस एन्जलसबाट ५० किमी टाढा पर्ने पोमोना फेयरप्लेक्समा हुनेछ। अधिकांश दिन दुई खेल हुनेछन् । यसको समय बिहान ९ बजे र बेलुका ६ः३० बजे हुनेछ ।
क्रिकेटको ओलम्पिकमा पुनरागमनलाई विश्वव्यापी विस्तारतर्फको ठूलो फड्कोका रूपमा हेरिएको छ, जसले यो खेललाई विश्वकै सबैभन्दा ठूलो खेलमञ्चमा प्रस्तुत गर्ने अवसर दिनेछ।

लस एन्जलस २०२८ ओलम्पिकका लागि छनोट प्रक्रिया अझै तय भइसकेको छैन। यसबारेमा सम्भवतः जुलाई १७ देखि सिंगापुरमा सुरु हुने आईसीसीको वार्षिक सम्मेलनमा छलफल हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka