Premier Cables
Premier Steel

खेलकुद

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण ढिलाइ, १० करोडभन्दा बढी बजेट फिर्ता

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines

चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम समयमै सम्पन्न नहुँदा सङ्घीय र प्रदेश सरकारबाट निकासा भएको १० करोड रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको छ।

रंगशालाको निर्माणका लागि सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरे पनि त्यसमा १७ करोड ६५ लाख ६९ हजार ८३० रुपैयाँ मात्र खर्च भएको छ। बाँकी ७ करोड ३४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता गरिएको छ। यस्तै, बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये ६ करोड ८० लाख मात्रै खर्च भएको र ३ करोड २० लाख रुपैयाँ फिर्ता गरिएको छ।

बिज्ञापन

भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार निर्माण कम्पनीले गत आर्थिक वर्षसम्म ४० प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि आर्थिक प्रगति मात्र २.४९ प्रतिशतमा सीमित रहेको छ। भौतिक प्रगति हालसम्म ३० प्रतिशत पुगेको जनाइएको छ।

निर्माण कार्यको जिम्मा पाएको हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्ट भेञ्चरले विसं २०८१ असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा सम्झौता गरेको थियो। सम्झौताअनुसार रंगशाला निर्माण २०८३ पुस २२ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।

हालसम्म पाँच हजार दर्शक क्षमताको प्याराफिटको ढलान सकिएको छ भने थप दुई हजार क्षमताको प्याराफिट निर्माणाधीन छ। दुईवटा टावरमध्ये एउटाको भूइँतलाको ढलान र अर्कोको निर्माण कार्य अघि बढिरहेको छ। कम्पाउन्ड वाल, नाली र ट्रान्सफर्मर जडान जस्ता काम पनि केही मात्रामा सम्पन्न भएका छन्।

काम ढिलो भएपछि भरतपुर महानगरले निर्माण कम्पनीलाई छिटो काम गर्न बारम्बार आग्रह गर्दै आएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka