Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

पानी लिन गएका बालबालिका माथि इजरायलको गोलाबारी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | अपराह्न १:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनाको इजरायली आक्रमणमा ज्यान गएको छ। यसरी ज्यान गुमाउनेमा ६ जना बालबालिका समेत छन्। अहिले कतारको दोहामा हमास र इजरायलको बीचमा वार्ता भइरहेको छ। वार्ताको बीचमा दुवै पक्षले एक आपसमा युद्ध विरामको मापदण्ड नटेरेको आरोप लागिरहेको छ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अन्तरालमा १३९ शव अस्पतालमा लगिएका छन्। २ जुलाईपछि यो सङ्ख्या सबै भन्दा धेरै हो। ७ अक्टोबरमा २०२३ हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा गाजामा आक्रमण सुरु गरेको थियो। त्यसयता ५८ हजार २६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिज्ञापन

पानी बोकेर हिँडिरहेका धेरै बालबालिका घाइते भएको तथा रुवावासी भएको दृश्य सार्वजनिक भइरहेको छ। इजरायलले भने आतङ्कवादी भनेर गरिएको आक्रमण गलत स्थानमा परेको जनाएको छ। आइतबार नै केन्द्रीय गाजाको भीडमा भएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै ४० जना घाइते भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka