Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इजरायली सेनाद्वारा इरानका ६ विमानस्थलमा आक्रमण, १५ सैन्य विमान नष्ट गरियाे

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, असार ०९, २०८२  | साँझ ६:३७ बजे

तेहरान । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले सोमबार इरानी आकाशमा हवाई वर्चस्व गहिर्याउने प्रयासस्वरूप इरानका छवटा विमानस्थलमा आक्रमण गरेको जनाएको छ। आक्रमणमा १५ वटा इरानी सैन्य विमान तथा हेलिकोप्टर नष्ट भएको आइडिएफ ले जनाएको छ।

आयडिएफले एक्समा पोस्ट गर्दै जनाएको छ, “इरानी आकाशमा वर्चस्व मजबुत पार्ने अभियानअन्तर्गत इजरायली वायुसेनाले पश्चिम, पूर्व र केन्द्रीय इरानका ६ विमानस्थलमा आक्रमण गरेको हो। ती आक्रमणमा रनवे, भूमिगत बंकर, रिफ्यूलिङ विमान, र इरानी शासनअन्तर्गत रहेका F-14, F-5 र AH-1 विमानहरूलाई क्षति पुगेको छ।”

बिज्ञापन

आइडिएफका अनुसार, नष्ट गरिएका ती विमानहरू इजरायली हवाई हमलालाई रोक्न प्रयोग गरिने तयारीमा रहेका थिए। आक्रमणपछि ती विमानस्थलबाट विमान उड्न नसक्ने र इरानी सेनाको हवाई शक्ति कमजोर पारिएको दाबी गरिएको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशलाई “थकाउने युद्ध” मा नफसाउने बताएका छन्। उनले भने, “हामी आवश्यक लक्ष्य पुरा नभएसम्म कारबाही जारी राख्नेछौँ, तर आवश्यकता नपरीकन लामो समयसम्म युद्ध पनि जारी राख्दैनौँ।”

यसअघि, शनिबार अमेरिकी सेनाले ‘अपरेशन मिडनाइट ह्यामर’ नाम दिएर इरानका तीन प्रमुख आणविक स्थल — फोर्दो, नतान्ज र इस्फाहानमा “प्रेसिजन स्ट्राइक” गरेको थियो।

इजरायल र इरानबीचको यो द्वन्द्व सोमबार ११औँ दिनमा प्रवेश गरेको छ। यो तनाव इजरायलले जून १३ मा ‘अपरेशन राइजिङ लायन’ सञ्चालन गर्दै इरानको आणविक पूर्वाधार, सैन्य ठाँउहरू र उच्च तहका कमाण्डरहरूलाई लक्षित गर्दै सुरु गरेको थियो।

जवाफी कारबाहीस्वरूप इरानले ‘ट्रू प्रामिस ३’ नामक सैन्य अभियान सञ्चालन गर्दै इजरायली लक्ष्यहरूमा ड्रोन तथा मिसाइल आक्रमण गरेको थियो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka