Premier Cables
Premier Steel

विराटनगर

एसईईमा ४ जीपीए ल्याउने विराटनगरका विद्यार्थी र विद्यालय सम्मानित

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | राती ८:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा (४ जीपीए) ल्याउने विद्यार्थी र उनीहरूका विद्यालयहरूलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ।

आज शुक्रबार विराटनगर महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका ४ जीपीए ल्याउने विद्यार्थी र सम्बन्धित विद्यालयहरूलाई सम्मान गरियो।

बिज्ञापन

४ जीपीए ल्याउने विद्यार्थीहरूमा विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया शर्मा रहेका छन्। यसैगरी, एभरेष्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई पनि सम्मान गरियो।

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका प्राचार्य तथा प्रधानाध्यापकहरूलाई पनि सम्मान गरियो। सम्मानित हुनेहरूमा विकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेष्टका प्राचार्य टीकाराम पुरी र सहायक प्राचार्य टीएन भण्डारी, पोखरियाका सहायक प्रधानाध्यापक महेश गौतम, सगरमाथाका प्राचार्य त्रिलोचन गौतम, कान्तिपुरका प्राचार्य भेषराज नेपाल (भुवन) र जेम्सका पंकज खड्का रहेका छन्।

सम्मान कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, सावित्री पराजुली लगायतले विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरे ।

महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार, विराटनगर महानगरभित्रका ७ वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्, जबकि मोरङभरिमा यो संख्या १८ रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka