Premier Cables
Premier Steel

विराटनगर

झारले छोप्यो विराटनगरको सडक सौन्दर्य, सहयोग रकमको सदुपयोग भएन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले ठूलो तामझामका साथ सुरु गरेको सडक सौन्दर्यकरण अभियान अहिले निष्प्रभावी देखिएको छ। कोशी राजमार्गको रोडशेष चौकदेखि बरगाछीसम्मको सडक डिभाइडरमा रोपिएका बिरुवा अहिले झारमा परिणत भएका छन्, जसले सडकको सौन्दर्य बढाउने सट्टा समस्या थपिएको छ।

डिभाइडरमा उम्रिएका अग्ला झारका कारण सवारी साधनलाई समेत अवरोध पुग्न थालेको छ। कतिपय स्थानमा झार र साना बोटबिरुवा सडकमै लत्रिएको देखिन्छ, जसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

बिज्ञापन

मुनालपथमा भेटिएका एक यात्रु अनिश साहले भने, “सौन्दर्यकरणका लागि लगाइएका बिरुवाले अहिले महानगरलाई नै गिज्याइरहेका छन्। यत्रो लगानी भएर बनाइएको व्यवस्था पनि अहिले लापरबाहीका कारण बेकार भएको छ।”

सामाजिक उत्तरदायित्व अन्तर्गत लाखौंको सहयोग, तर व्यवस्थापनमा चासो छैन

सडक सौन्दर्यकरणको लागि बैंक, बीमा कम्पनी र निजी क्षेत्रबाट लाखौं रुपैयाँ सहयोग गरिएको थियो। मेयर नागेश कोइरालाको सचिवालयले चेक बुझ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा प्रचार गरिएको थियो।

तर अहिले भने ती सहयोग रकमको उचित प्रयोग नभएको भन्दै स्थानीयहरू असन्तुष्ट छन्। झार काट्ने र डिभाइडर व्यवस्थित गर्ने जिम्मेवारीमा महानगर उदासीन देखिएको छ।

स्थानीयवासीहरूको भनाइमा, “महानगरले सुरुमा त ठूलो प्रचारसहित अभियान चलायो, तर अहिले त्यसको संरक्षण र मर्मतमा ध्यान नदिँदा लाखौं खर्चिएको योजना लथालिङ्ग भएको छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa