Premier Cables
Premier Steel

विराटनगर

मारवाडी युवा मञ्च विराटनगरको शपथग्रहण सम्पन्न

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | राती ८:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरको नयाँ कार्यसमिति गठन र शपथग्रहण समारोह बुधबार सम्पन्न भएको छ।

विराटनगरस्थित अतिथि सेवा सदनमा आयोजित एक विशेष कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिज्ञापन

चार दशकदेखि सामाजिक कार्यमा सक्रिय यस मञ्चको अध्यक्षमा विराटनगरका युवा समाजसेवी मोहित लालवानी चयन भएका छन्। नयाँ कार्यसमिति ४० सदस्यीय रहेको छ, जसको कार्यकाल दुई वर्षको हुनेछ।

समारोहमा नेपाल राष्ट्रिय मारवाडी परिषद्का राष्ट्रिय अध्यक्ष पवन मित्तल प्रमुख अतिथि थिए। कार्यक्रममा मारवाडी समुदायका विशिष्ट व्यक्तित्वहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति थियो।

नवनिर्वाचित अध्यक्ष मोहित लालवानीले आफ्नो कार्यकालमा एक हजारभन्दा बढी बिरुवा रोप्ने, नेत्रदान अभियान सञ्चालन गर्ने, तथा विपन्न र जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाए।

शपथग्रहण समारोहकै अवसरमा विराटनगरमा निर्माणाधीन प्रसिद्ध श्याम मन्दिरका निर्माणकर्ता राकेश बन्सल र धार्मिक सेवामा सक्रिय परमार्थ सिङ्घिया आरतीका प्रमुख संरक्षक शङ्कर खरेललाई विशेष सम्मान प्रदान गरियो।

मारवाडी युवा मञ्चको स्थापना २०४९ सालमा भएको हो। यस मञ्चले स्थापनाकालदेखि नै विराटनगरसहित देशभर सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka