Premier Cables
Premier Steel

विराटनगर

मारवाडी युवा मञ्चद्वारा जिल्ला प्रशासन कार्यालयमा सरसफाइ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २८, २०८२  | साँझ ४:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले शनिबार मोरङस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सुरूवात झण्डोत्तोलनसहित गरिएको थियो। त्यसपछि मञ्चका पदाधिकारीहरूले प्रशासन भवन वरिपरि सफाइ कार्य गरेका हुन्। सामाजिक उत्तरदायित्वअन्तर्गत मञ्चले नियमित रूपमा यस्ता गतिविधिहरू गर्दै आएको छ।

कार्यक्रमका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको अवस्था बिस्तारै सामान्य बन्दै गएको जानकारी दिए। उनले कर्फ्यू हटाइएको र कार्यालयहरू क्रमशः पुनः सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिइएको बताए।

उनका अनुसार जनजीवन सहज बन्दै गएको छ भने ट्राफिक पोस्टहरूको मर्मत कार्यपछि यातायात व्यवस्था पनि क्रमशः सुचारु हुँदै जाने छ।

हाम्रो विराटनगर डटकमका पत्रकारहरु पनि सरसफाई अभियानमा खटिएका थिए ।

मञ्चका पदाधिकारीले निषेधाज्ञा र कफ्र्युका बेला खटिएका नेपाली सेना र सुरक्षाकर्मीलाई खाना तथा पानी समेत उपलब्ध गराएका थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka