Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ विराटनगर फ्युजन अध्यक्षमा सोनिया गुप्ताकाे पदस्थापन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | राती ८:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको नयाँ अध्यक्षमा सोनिया गुप्ता चौधरी पदस्थापन भएकी छिन्। विराटनगरको होटल ह्यारिसन प्यालेसमा आयोजित एक विशेष समारोहमा उनलाई वर्ष २०२५/२६ का लागि क्लबको अध्यक्षको जिम्मेवारी प्रदान गरियो।

नवनियुक्त अध्यक्ष गुप्ताले आफ्नो कार्यकालमा पाँच हजार बिरुवा रोप्ने महत्वाकांक्षी योजना प्रस्तुत गर्दै सामाजिक सेवामा सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले क्लबको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अठोट लिएको बताइन्।

बिज्ञापन

यसअघि अध्यक्षको जिम्मेवारी सम्हालेका विवेक अग्रवालले आफ्नो कार्यकालमा क्लबले गरेका विभिन्न सामाजिक कार्यहरूको जानकारी दिए । उनका अनुसार क्लबले विगतमा साइक्लोथोन, रक्तदान शिविर, शुद्ध खानेपानी जडान, शौचालय निर्माण तथा असहाय बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।

रोटरी क्लब अफ विराटनगर फ्युजन, अन्तर्राष्ट्रिय रोटरी संस्थाअन्तर्गत आबद्ध एक सामाजिक संस्था हो। यसले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, स्वच्छता लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ। स्थानीय स्तरमा सेवा भावनाले प्रेरित सदस्यहरूको सक्रियताले क्लबलाई सामाजिक परिवर्तनको उत्प्रेरकका रूपमा स्थापित गर्दै आएको छ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka