Premier Cables
Premier Steel

राष्ट्रिय

रसुवामा चीनतर्फबाट आएको बाढीले १८ जना बेपत्ता, ९ जनाको उद्धार

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | बिहान ११:३४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । रसुवामा चीनतर्फबाट आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण हालसम्म १८ जना बेपत्ता भएका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेहरुमध्ये नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मी छन्। तीमध्ये इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।

बिज्ञापन

बेपत्ता हुनेहरुमध्ये ६ जना चिनियाँ नागरिक रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

अन्य बेपत्ता हुने नेपाली नागरिकहरुमध्ये बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।

हाल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भई खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka