Premier Cables

विराटनगर

राहत र पुनःस्थापनाका लागि एशियन फिड्सद्वारा ११ लाख बढी सहयोग

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १६, २०८३  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले एशियन फिड्स प्रालिले ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार उक्त सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले विपद्को यस कठिन گھडीमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

विज्ञापन

बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा सरकारलाई हातेमालो गर्न एशियन फिड्सले अन्य फिड उत्पादक तथा व्यवसायीहरूलाई पनि यस अभियानमा जोडिन आह्वान गरेको छ। भोटेकोशी र त्रिशूली क्षेत्रमा अहिले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू भइरहेका छन् भने यस कार्यका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट पनि सहयोग जुटाउने क्रम निरन्तर जारी रहेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka