Premier Cables
Premier Steel

समाचार

उदयपुरमा त्रियुगा नदीमा डुबेर एक युवा बेपत्ता, खोजी कार्य जारी

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | बिहान ९:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा नुहाउने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्सपेक्टर बबिन राईका अनुसार चौदण्डीगढी नगरपालिका–६ कालीखोलाका ३० वर्षीय सुरज राई सोमबार साँझ त्रियुगा नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।

बिज्ञापन

बेपत्ता राईसँगै स्थानीय सुरेश माझी र प्रताव राई पनि नदीमा नुहाउन गएका थिए। तर, नुहाउने क्रममा सुरज राई मात्र बेपत्ता भएपछि प्रहरी र स्थानीयवासीहरूले खोजी कार्य सुरु गरेका थिए।

इन्सपेक्टर राईका अनुसार युवाहरु नुहाउँदै गरेको स्थान भाँचिएको पुरानो पुलको स्ल्याब मुनि रहेको हो, जहाँ भुमरी बनेर ठुलो खाल्डोजस्तो भाग देखिन्छ। “सुरज त्यही भुमरीमा परेर डुबेको हुनसक्छ,” इन्सपेक्टर राईले भने, “हामीले खोजी गर्दा हालसम्म फेला पारेका छैनौँ। अहिले शस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको छ।”

घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka