Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

कोशी प्रदेश

मनसुन आयो, विपद् ल्यायो

Calendar आइतबार, जेठ १८, २०८२  | बिहान ८:१६ बजे

काठमाडौं । मनसुन सुरु भएसँगै कोशी प्रदेशका विभिन्न स्थानमा विपद् पनि सुरु भएको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं १ सिद्धि खोलाले बगाउँदा इलामको रोङ गाउँपालिका वडा नम्बर ६ का ५६ वर्षिय भगिरथ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

बिज्ञापन

विभिन्न खोला तथा नदीमा आएको बाढी र पहिरोले सडक र पुलमा क्षति भएको छ । बाढीले इलामको चुलाचुली १ कुमाले खोलामा निर्माणाधीन पक्की पुल बगाएको छ । ढलान गर्न तयार गरिएको सेटिङको ‘बी’ भाग दबिएको र १० फिट लम्बाइ भएको पक्की वालमा समेत क्षति भएको हो । त्यस्तै इलामको माई नगरपालिका(७ खैरेनीस्थित महामाईबाट लारुम्बा जाने पक्की सडक पहिरोले अवरुद्ध भएको छ ।

यस्तै लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको मुलघाट(सिम्सुवाखण्ड सडक अवरुद्ध भएको सडक अपराह्नपछि एकतर्फी रूपमा खुलाइएको छ । साँगुरीगढी गाउँपालिका ६ स्थित फेदीमा करिब ५० मिटर कालोपत्रे सडक बगाएको छ ।

त्यस्तै छहरे खोलाको बाढीले चौबीसे गाउँपालिका–४ मा तमोर करिडोर पनि भत्काएको धनकुटा प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो