Premier Cables
Premier Steel

राष्ट्रिय

कर्रा खोलामा बाढीले बगायो ट्रक, चालकले पौडिएर जोगाए ज्यान

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २९, २०८३  | बिहान ११:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले एउटा १२ चक्के ट्रक बगाएको छ। सोमबार बिहान करिब पौने ८ बजे भएको उक्त दुर्घटनामा चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्।

शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरेर फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको ट्रक खोला तर्ने क्रममा बाढीको चपेटामा परेको हो। खोला वारपार गर्न ह्युमपाइप राखेर बनाइएको अस्थायी कल्भर्ट (लच्का) मा पानीको बहाव अचानक बढेपछि ट्रक बगैको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बिज्ञापन

बाढीमा परेका ट्रक चालक, चितवन रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङले पौडिएर आफ्नो ज्यान जोगाएका हुन्। उनको खुट्टामा सामान्य चोट लागेको छ र हेटौंडा–६ चौघडास्थित एक मेडिकलमा उपचार भइरहेको छ।

अहिले प्रहरी र स्थानीयको सहयोगमा बाढीमा परेको ट्रकलाई खोलाबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa