Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

प्रधानमन्त्री ओलीको दाबी : “भगवान रामको जन्मस्थान नेपालमै पर्छ”

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | साँझ ५:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थल हाल नेपालको भूभागमै पर्छ भन्ने दाबी पुनः दोहोर्‍याएका छन्।

नेकपा (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सोमबार (असार २३ गते) बोल्दै उनले रामको जन्मभूमि चितवनको माडीस्थित ठोरी नै हो भन्ने अडान राखे।

बिज्ञापन

प्रधानमन्त्री ओलीले भारतको अयोध्यालाई राम जन्मस्थल मानेर स्थापित गरिएकामा असहमति जनाउँदै ऐतिहासिक तथा भूगोलसम्मत रूपमा रामको जन्म नेपालमै भएको तर्क गरे। “कोही रिसाउँछ भनेर सत्य बोल्न डराउने अवस्था छ”, उनले भने, “तर नडराईकन रामको जन्मभूमि नेपालमै हो भनेर भन्न सक्नुपर्छ।”

उनले थपे, “मैले होइन, वाल्मीकिकृत रामायणमै उल्लेख छ – राम र लक्ष्मणले कोसी नदी पार गरेर विश्वामित्रसँग शिक्षा लिए। त्यसैले विश्वामित्र चतराका हुन् भन्ने कुरा स्पष्ट हुन्छ।”

प्रधानमन्त्री ओलीले भगवान् शिव र ऋषि विश्वामित्रसमेत नेपालकै भूभागमा जन्मिएको उल्लेख गर्दै नेपालको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिए। “हामी आफैंले प्रचार गर्न सक्दैनौँ। आँट गर्दैनौँ। सत्य बोल्दा कोही रिसाउँछ कि भन्ने डर छ,” उनले आक्रोश पोखे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पौराणिक ऐतिहासिक स्थलहरूको अध्ययन र प्रवर्द्धन गरी धार्मिक पर्यटन विकास गर्नुपर्नेमा पनि जोड दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka