






काठमाडौं । कर्णाली प्रदेशमा हुने भ्रष्टाचार र अनियमितताप्रति जनचेतना जगाउने उद्देश्यले जेष्ठ ४ गते सुर्खेतबाट नाङ्गो खुट्टा यात्रा सुरु गरेका नवराज बोहरा ३१ दिनपछि को काठमाडौं पुगे ।
उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । नाङ्गो खुट्टा यात्रा एक्लै पूरा गर्दै उनले कर्णालीमा व्याप्त समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्न र जनसमूहको ध्यानाकर्षण गराउन कठिन पदयात्रा गरेका हुन्।
कर्णालीमा विकास र जनजीवनको उन्नतिमा बाधा पुगेको भन्दै उनले व्यापक भ्रष्टाचार र कुप्रशासनविरुद्ध कडा सन्देश दिन खोजे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गरी आफ्ना गुनासा तथा सुधारका प्रस्तावहरू राख्ने उनको चाहना भने पूरा भएन ।
प्रधानमन्त्रीले उनलाई उच्च पदको सरकारी कर्मचारी संग समय मिलाइदिएर एक जोर जुत्ता दिएर पठाइदिए ।
जीवनभर समाजसेवा र उद्धारमा बिताएका नवराजको मुद्दाहरू उचित ठाउँमा पुगेन ।