Premier Cables
Premier Steel

राष्ट्रिय

स्वास्थ्य परीक्षणपछि केपी ओली र रमेश लेखक हिरासतमा पठाइने

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र १४, २०८२  | बिहान ७:४६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाएको छ ।

शनिबार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट पक्राउ गरिएका उनीहरुलाई हाल जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।

बिज्ञापन

प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य परीक्षण नियमित प्रक्रिया अन्तर्गत भइरहेको हो ।

स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य देखिएमा आजै उनीहरुलाई प्रहरी हिरासतमा राखिने सम्भावना रहेको छ । शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउन नसकिने हुँदा उनीहरु आज हिरासतमा नै रहने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka