Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा हरियाली, नेप्से २७०० माथि

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, असार १९, २०८२  | अपराह्न ३:४३ बजे

काठमाडौं । सेयर बजार २७ सयको मनोवैज्ञानिक विन्दुमाथि बन्द भएको छ । बिहीबार नेप्से सूचक १०.९८ अंकले बढेर २७०५.८१ विन्दुमा बन्द भएको हो । लगातार पाँचौं दिन सेयर बजारमा वृद्धि देखिएको हो । यस दिन ९ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि क्रमिकरुपमा वृद्धि हुँदै गएको छ ।

यसअघि असार लागेदेखि नै सुस्त बनेको बजारमा विगत केही दिनदेखि भने उत्साह थपिएको छ । नेप्सेले आफ्नो करेक्सन यात्रा सकेर बिस्तारै उकालो लाग्न थालेको विश्लेषण हुन थालेको छ । बैंकहरुमा अधिक तरलताको स्थिति रहेको छ भने ब्याजदर निकै सस्तो विन्दुमा छ । यसका साथै नीतिगत कुराहरु पनि धेरै हदसम्म सहज भइसकेका छन् ।

बिज्ञापन

अब सेयर बजारको सिजन पनि सुरु हुने भएकाले लगानीकर्ता केही उत्साहित बन्न थालेको अनुमान गर्न सकिन्छ । यद्दपि, लगानीकर्ताहरु आगामी मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको वित्तीय विवरणको पर्खाइमा रहेका छन् । यी दुई कुराहरुले पनि साथ दिएमा सेयर बजारको गति थप सकारात्मक हुनसक्ने अपेक्षा गरिएको छ । यद्दपि, सेयर बजारको आगामी गति र दिशा कस्ता रहन्छ भन्ने बारेमा ठोकुवा गर्न सकिँदैन ।

यस दिन ३११ कम्पनीको २ करोड ४९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka