Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा सामान्य अंकको गिरावट

Calendar सोमबार, मंसिर १५, २०८२  | अपराह्न ३:४५ बजे

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.१६ प्रतिशत अर्थात ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेर ४५५.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर ४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन भने ७ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

बिज्ञापन

आजको बजारबारे नेपाल इन्भेष्टर फोरममा उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आजको बजार घट्नु सामान्य करेक्सन मात्रै हो । गत साताभरी बढेको बजारमा हिजो र आज सामान्य करेक्सन देखिएको छ, तर यसलाई बजार घटेर तल गएको भन्न मिल्दैन । बजारमा करेक्सन देखिनु नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षा पनि एक हो ।

लगानीकर्ताहरुले मौद्रिक नीति समिक्षामार्फत बैंकहरुको सेयर कारोबारमा सहज नीति आउने ठूलो अपेक्षा राखेका थिए तर अपेक्षा गरेअनुसार नआएपछि लगानीकर्ताको मनोबल खस्किएको हो । तर मौद्रिक नीतिलाई समग्रमा हेर्दा राम्रै आएको छ । बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर समान बनाइएको छ । बजार बढ्नका लागि थुप्रै सकारात्मक आधारहरु छन् तर लगानीकर्ताहरुले धेरै अपेक्षा गर्दा बजारले लय लिन सकिरहेको छैन ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.९१ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.२६, हाईड्रो ०.२२, उत्पादन तथा प्रशोधन ०.३० र लघुवित्त समूह ०.६१ प्रतिशतले बढ्यो ।

यस्तै आज लगानी समूह सर्वाधिक अर्थात ०.७३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६८ प्रतिशत, होटल ०.०४, जीवन बीमा ०.५१, म्युचुअल फण्ड ०.१७, अन्य ०.१८ र व्यापार समूह ०.१० प्रतिशतले घट्यो । निर्जीवन बीमा समूह पनि आज ०.६५ अंकले घट्यो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka