Premier Cables

विराटनगर

विराटनगर जेसीजद्वारा सुधार केन्द्रमा लागुपदार्थ दुर्व्यसन सम्बन्धी सचेतना

Calendar बुधबार, असार १८, २०८२  | अपराह्न १२:४० बजे

विराटनगर । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय युवा संस्था विराटनगर जेसीजले ‘ह्यम्यानिटी सर्भिस विक २०२५’अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

सप्ताहको चौथो दिन, विराटनगर–११ स्थित न्यु लाइफ फेलोसिप सुधार गृहमा “तिमी सक्षम छौ, नशा होइन आशा रोज” भन्ने सन्देशसहित लागुपदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालयका डीएसपी अनमोल खड्का रहे भने प्रमुख प्रशिक्षकको रूपमा जिल्ला प्रहरी कार्यालयका सहायक निरीक्षक अशोक कार्कीले प्रशिक्षण दिएका थिए।

विशिष्ट अतिथिको रूपमा विराटनगर जेसीज २०२३ का अध्यक्ष अभिनाश थापा र न्यु लाइफ फेलोसिप सेन्टरका सञ्चालक प्रविन बस्नेतको उपस्थिति रहेको थियो। थापाले जेसीजले व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायसँग सम्बन्ध सुदृढ गर्न निरन्तर क्रियाशील रहेको बताए।

कार्यक्रमका संयोजक आर के मण्डलले सहभागी सबैलाई धन्यवाद दिंदै, यस्ता सचेतनामूलक गतिविधिले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

मानवता सेवा सप्ताहका समन्वयक जेसि अभिषेक भट्टराईले भने, “सुधार गृहमा मात्रै होइन, सम्पूर्ण समाजमा दुर्व्यसनको चपेटामा परेका व्यक्तिहरूलाई नयाँ आशा र प्रेरणा दिन यो कार्यक्रम प्रभावकारी सावित हुनेछ। सामाजिक उत्तरदायित्वमा सबैको भूमिका आवश्यक छ।”

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले जेसीज समाज सेवामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै भने, “सामाजिक उत्तरदायित्व पूरा गर्दै समुदायसँगको सम्बन्ध बलियो बनाउने यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक छन्।”

सन् १९७३ मा स्थापना भएको विराटनगर जेसीजले “डेभलोपिङ लिडर्स फर अ चेनजिङ वर्ड” भन्ने अन्तर्राष्ट्रिय दृष्टिकोणलाई आत्मसात गर्दै नेतृत्व विकास र सामाजिक सेवामा विगत ५२ वर्षदेखि क्रियाशील भूमिका निर्वाह गर्दै आइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो