Premier Cables
Premier Steel

अपराध कोशी प्रदेश

धनपालथानमा बालिका हत्या : अश्लील फिल्म हेरेर जघन्य अपराध !

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | अपराह्न १२:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले उनकै २२ वर्षीय कान्छा काका अनिष सरदारलाई पक्राउ गरेको छ ।

अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब १०० मिटर पर दुर्गा आधारभूत विद्यालय नजिकैको बाटो छेउमा फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्दा बालिकाकै काका अनिश सरदारको संलग्नता खुलेपछि उनलाई पक्राउ गरेको हो।

बिज्ञापन

सुरुमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका अनिशले पछि अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्। पक्राउ परेका अनिशमाथि कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

आत्तिकाका बुवा-आमा घर बनाउने मजदुर हुन् र उनीहरु दैनिक विराटनगर काममा जान्थे। उनीहरु काममा जाँदा छोराछोरीलाई हजुरआमा र काकाको जिम्मा लगाउँथे। शुक्रबार काम सकेर फर्किएपछि अक्षय सरदार धार्मिक कामका लागि भारतको कटिहारस्थित मनिहारीघाट गएका थिए भने उनकी श्रीमती माइती गएकी थिइन्। त्यसपछि उनीहरुका दुई छोरी र एक छोरा हजुरआमाको घरमा बसेका थिए।

प्रहरीका अनुसार अक्षयकी आमा गाउँमा मदिरा पसल चलाउँछिन्। शुक्रबार साँझ उनले नाति-नातिनीलाई सुताउने जिम्मा आफ्नो कान्छो छोरा (बालबालिकाका काका) अनिशलाई दिएकी थिइन्। खाना खाइसकेपछि अनिश भतिज र भतिजीलाई लिएर सुत्न गएका थिए।

प्रहरी स्रोतका अनुसार, शुक्रबार बेलुका मदिरा सेवन गरेका अनिशले भतिज र भतिजी सुतेपछि मोबाइल चलाएर बसेका थिए। राति अबेरसम्म उनले ‘अश्लील भिडियो’ हेरेको प्रहरीले बताएको छ। “उनको मोबाइलको हिस्ट्री हेर्दा हरेक दिन अश्लील भिडियो हेर्ने गरेको देखिन्छ, शुक्रबारको घटनाअघि पनि हेरेको देखिन्छ,” प्रहरी स्रोतले भन्यो, “भिडियो हेरिसकेपछि सुतेकी भतिजीलाई बोकेर बाहिर लगी करणी गरेको देखिन्छ।”

“राति करिब १२-१ बजेतिर करणीका क्रममा बालिका चिच्याएपछि उनले मुख थिचेको पाइएको छ,” प्रहरी स्रोतले भन्यो, “बालिकाले प्रतिकार गरेपछि अनिशले घाँटी बटारीदिए। त्यसपछि उनको आवाज बन्द भयो। घटना खुल्ने डरले उनले मुख थुनेर हत्या गरिदिए।” प्रहरीका अनुसार अनिशको शरीरमा बालिकाले चिथोरेको जस्तो दागसमेत देखिएको छ।

हत्यापछि राति २ देखि ३ बजेको बीचमा उनले शव बोकेर सडकको किनारमा राखेका थिए। त्यसपछि घर आएर उनले लगाएका भित्री कपडा धोएर सुकाएका थिए।

बिहानपख हजुरआमाले नातिनी घरमा नभएको देखेपछि गाउँमा बालिका हराएको हल्ला भयो। अनिशलाई सोध्दा उनले ‘चोरी’ भएको हुनसक्ने बताए। बालिकालाई खोज्ने क्रममा आइतबार बिहान साढे ४ बजेतिर घरबाट करिब १०० मिटर पर दुर्गा आधारभूत विद्यालयको सडक किनारमा शव भेटियो।

प्रहरीका अनुसार अनिशले सुरुमा हत्या गरेको स्वीकार गरेनन्। अन्य व्यक्तिको संलग्नता नदेखिएका कारण प्रहरीको शंका उनीमाथि नै थियो। आफ्नै काका भएका कारण गाउँलेले भने प्रहरीले काकामाथि गरेको शंकाप्रति चित्त बुझाएका थिएनन्। तर प्रहरीले उनैलाई सोधपुछ गरिरह्यो।

“सोधपुछको क्रममा उनले बोली फेरिरहे। कहिले मैले गल्ती गरेँ भन्दै रोए, कहिले अरुले मार्यो भन्दै सुनाए,” प्रहरी स्रोतले भन्यो, “उनले हत्या गर्ने व्यक्तिले बलात्कारपछि हत्या गरेर शव फालेको र बलात्कार गर्दा लगाएको कपडा धोएर सुकाएको होला भन्ने कथा पनि सुनाए। तर अनुसन्धान गर्दै जाँदा उनले सुनाएको कथा उनैले गरेको देखियो।”

आइतबार बिहान उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे। आफूबाट गल्ती भएको भन्दै पश्चातापको आँसु झारे।

आफन्त र परिवारका कतिपय सदस्यले भने यसलाई स्वीकार गर्न सकिरहेका छैनन्। तर प्रहरीले भने काका अनिशले नै भतिजीलाई करणी गरेको र पोल खुल्ने डरले हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

“घटनाको प्रारम्भिक अनुसन्धान र प्राप्त प्रमाणबाट काकाको संलग्नता देखिएपछि थप अनुसन्धान पनि जारी छ,” डीएसपी चुडालले भनिन्, “बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक छ। अनिश आफैं अहिले मानसिक रूपमा विक्षिप्त छन्, गल्ती गरेँ भन्दैछन्।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka