Premier Cables
Premier Steel

विराटनगर

विराटनगर जेसीजद्वारा ‘मानवता सेवा सप्ताह शुरु, वृद्धाश्रममा खीर वितरण र स्वास्थ्य शिविर सञ्चालन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | साँझ ७:४४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नाराका साथ विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ ह्युम्यानिटी सर्भिस विक २०२५ सुरु गरेको छ।

कार्यक्रमको पहिलो दिन विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा ज्येष्ठ नागरिक लक्षित सेवा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खीर खुवाइएको थियो भने उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले गरे। उनले सामाजिक रूपान्तरणमा यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने भन्दै जेसीजको प्रयासको प्रशंसा गरे।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानी, ट्रस्ट बोर्ड अध्यक्ष टिकाराज ढकाल, विभिन्न पूर्व अध्यक्षहरू, पदाधिकारी र जुनियर जेसीहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रमका संयोजक अभिषेक भट्टराईले सेवा सप्ताहका उद्देश्य तथा अन्य दिनका गतिविधिबारे जानकारी गराए। सहसंयोजक उमा घिमिरेले सबै सहभागीप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरिन्।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले नेतृत्व विकास र सामाजिक सेवाको दुवै पक्षमा जेसीजको निरन्तर सक्रियता उल्लेख गर्दै मानवता सेवा सप्ताहले समुदायसँगको सम्बन्ध बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

सन् १९७३ मा स्थापना भएको विराटनगर जेसीजले‘डेभलपिङ लिडर्स फर अ चेन्जिङ वर्ल्ड’ भन्ने अन्तर्राष्ट्रिय मूल मन्त्र अनुरूप ५२ वर्षदेखि नेतृत्व विकास र समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

स्वास्थ्य शिविरमा कटहरी–३, मोरङस्थित जीवन विकास सामुदायिक अस्पताल र पब्लिक हेल्थ एण्ड एजुकेशन फाउन्डेशनको प्राविधिक सहयोग रहेको थियो। आयोजकहरूले सेवा सप्ताहले समाजमा सकारात्मक सन्देश फैलाउने र भविष्यमा अझ प्रभावकारी मानवीय कार्यमा समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka