Premier Cables
Premier Steel

राष्ट्रिय

असार १५: दही चिउरा र हिलो खेल्दै मनाइँदै राष्ट्रिय धान दिवस

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | बिहान ७:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज असार १५, देशभर ‘राष्ट्रिय धान दिवस’ विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपाली समाजमा यस दिनलाई दही चिउरा खाने विशेष पर्वका रूपमा पनि चिनिन्छ।

कृषिप्रधान नेपालमा किसानहरू असारमा खेतमा व्यस्त रहन्छन्। वर्षभरको अन्नको जोहो गर्न खेतमा पसिने यो महिना विशेष गरी असार १५ लाई महत्वका साथ मनाइन्छ। किसानहरू खेतमा हिलो छ्यापाछ्याप गर्दै लोकभाकामा गीत गाउँछन्, युवायुवती हर्षोल्लासका साथ रोपाइँमा सहभागी हुन्छन्। नेपाली समाजमा एकपटक भए पनि असारमा हिलोमा पस्नुपर्ने परम्परा रहेको विश्वास गरिन्छ।

बिज्ञापन

यो दिन दही चिउरा खाँदा शरीरमा शीतलता मिल्ने र काम गर्ने शक्ति प्राप्त हुने जनविश्वास छ। त्यसैले खेतीपातीमा संलग्न मात्र होइन, अन्य पेशा व्यवसायमा लागेकाहरूले पनि दही चिउरा खाएर असार १५ मनाउँछन्।

विसं २०६१ को मंसिर २९ गते मन्त्रिस्तरीय निर्णयबाट २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।

तर यस वर्ष असारको मध्यसम्म आइपुग्दा देशभर पर्याप्त वर्षा नहुँदा रोपाइँ अपेक्षा अनुसार हुन नसकेको किसानहरूको गुनासो छ। त्यस्तै, कतिपय ठाउँमा रासायनिक मल अभावको समस्या रहेको बताइए पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने मलको पर्याप्त मौज्दात रहेको दाबी गरेको छ।

धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित यो दिवस मनाइँदैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka