Premier Cables
Premier Steel

शिक्षा

एसईई नतिजा प्रकाशन गर्न यस्तो छ बोर्डको तयारी

नोट: यो समाचार ७ महिना अघिको हो

Calendar शुक्रबार, असार १३, २०८२  | बिहान ९:३१ बजे

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

नतिजा प्रकाशनका लागि परीक्षा बोर्डको बैठक आज बस्ने तयारी भए पनि बैठकको समय भने अझै तय गरिएको छैन।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजा तयारी अन्तिम चरणमा पुगेको छ। “अब निर्णय मात्रै बाँकी छ,” उनले भने, “त्यसका लागि बोर्ड बैठक आवश्यक छ, जुन सम्भवत: आजै बस्नेछ।”

परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि बैठक आज नै बस्ने भए पनि समय टुंगो नलागेको जानकारी दिए।

एसईई परीक्षा २०७८ सालको चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka