Premier Cables

शिक्षा

एसईई नतिजा प्रकाशन गर्न यस्तो छ बोर्डको तयारी

Calendar शुक्रबार, असार १३, २०८२  | बिहान ९:३१ बजे

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

नतिजा प्रकाशनका लागि परीक्षा बोर्डको बैठक आज बस्ने तयारी भए पनि बैठकको समय भने अझै तय गरिएको छैन।

बिज्ञापन

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजा तयारी अन्तिम चरणमा पुगेको छ। “अब निर्णय मात्रै बाँकी छ,” उनले भने, “त्यसका लागि बोर्ड बैठक आवश्यक छ, जुन सम्भवत: आजै बस्नेछ।”

परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि बैठक आज नै बस्ने भए पनि समय टुंगो नलागेको जानकारी दिए।

एसईई परीक्षा २०७८ सालको चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो