Premier Cables
Premier Steel

कोशी प्रदेश

हर्क साम्पाङसँग बाेलचाल नखुले धरानकाे बजेट के हुन्छ ? मेयर-उपमेयर विवादले नगरसभा अनिश्चित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | राती ९:२२ बजे
Hamro Biratnagar Headlines

धरान । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको विवादका कारण आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रभावित भएको छ। कार्यपालिका बैठक नै सुरु हुन नपाई स्थगित भएपछि नगरसभा कहिले बस्ने भन्ने अनिश्चित बनेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रमसहितको बजेट नगरसभामा पेस गर्नुपर्ने कानुनी प्रावधान भए पनि उपमहानगरपालिकामा त्यसको तयारी अधुरो देखिएको छ।

बिज्ञापन

आइतबारका लागि बोलाइएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित थिए भने उपमेयर बेघासहित २८ जना सदस्यहरूले कानुनी प्रक्रिया र पूर्वतयारीबिना बैठक बस्न नहुने भन्दै लिखितरूपमा आपत्ति जनाएपछि मेयर साम्पाङले बैठक स्थगित गरेका हुन्।

उपमेयर बेघाले स्थानीय सरकार सञ्चालन ऐनको दफा ६६ अनुसार स्रोत अनुमान तथा बजेट सीमा वैशाख १० भित्र निर्धारण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म स्रोत अनुमान तथा सिमा निर्धारण समितिको बैठकसमेत नबसेको बताए।

उनका अनुसार राजस्व परामर्श समितिले १ अर्ब ६० करोड १५ लाख ४८ हजार बराबरको बजेट सिफारिस गरेपनि मेयरको नेतृत्वमा त्यसबारे कुनै छलफल नगरिकन एक्कासी कार्यपालिका बैठक आह्वान गरिएको थियो।

“स्रोत अनुमान समितिको बैठक नै नभइ कार्यपालिका बैठक बस्नु विधि विपरीत हो,” उपमेयर बेघाले भने, “पहिले बजेट सिमा निर्धारण समिति बस्नुपर्छ, त्यसपछि तर्जुमा समिति, अनि मात्र कार्यपालिका।”

यसअघि बजेट सिलिङबारेको बैठकमा पनि विवाद देखिएको थियो। त्यतिबेला मेयर समर्थकहरू उपमहानगर पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो।

यस पटक मेयर साम्पाङले असार १० गते नगरसभा आह्वान गरेर नीति तथा कार्यक्रम मात्र पेस गर्ने, बजेटबारे पछि छलफल गर्ने रणनीति बनाएका थिए। तर उपमेयर र कार्यपालिका सदस्यहरूको विरोधपछि बैठक रोकिएको छ।

गत वर्ष पनि अन्तिम समयमा सहमति जुटाएर नगरसभा गरिएको थियो। तर यसपालि समय सकिनै लाग्दा अझै बजेट तर्जुमा प्रक्रियाले गति लिन नसक्दा धरानको नगरसभा असमयमै अन्योलमा परेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka