Premier Cables
Premier Steel

राष्ट्रिय

हर्क साम्पाङको श्रम-संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

Calendar मंगलबार, पुष ०१, २०८२  | साँझ ७:०७ बजे

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

कुमार, विश्वक्रान्ति तथा देवराज लामा नामले पनि चिनिने उनलाई काठमाडौँको कपनबाट पक्राउ गरी पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले जानकारी दिएका छन्।

बिज्ञापन

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए। उक्त घटनासँग सम्बन्धित विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका लामा मंगलबार पक्राउ परेका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka