Premier Cables
Premier Steel

कोशी प्रदेश

ट्राफिक सप्ताह सकियो,१० हजार जनालाई ट्राफिक शिक्षा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | राती ८:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामाेड । सडक दुर्घटना गर्ने मुख्य उद्देश्यले शुरु भएको ट्राफिक सप्ताह समापन भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा भएको ट्राफिक सप्ताह झापामा पनि विभिन्न कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा गत असार ६ गतेदेखि शुरु भएको ट्राफिक सप्ताह विहीवार आयोजित समारोहकाबीच समापन गरिएको ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनका अनुसार ट्राफिक सप्ताह अवधिमा झाण्डै १० हजार जनालाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको छ । यो अवधिमा ट्राफिक नियमको पालना गरी सवारी चलाउने २ जना चालकहरुलाई सम्मान , विद्यालय स्तरमा निबन्ध लेखन प्रतियोगिता समेत आयोजना गरियो । जसबाट ट्राफिक समेचना र सडक सुरक्षा सम्बन्धि ज्ञान प्रदान गरिएको थियो ।

बिज्ञापन

गत असार ६ गते ट्राफिक सप्ताह उद्घाटन समारोह बिर्तामोड नगरपालिका – ५ स्थित मुक्तिचौकमा प्रभातफेरी सहित ¥यालीको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् । उद्घाटन सत्रका दिन सचेताना शिक्षा सहित सवारीमा स्टिकर टाँस गरिएको थियो । सोही दिन झापाका १५ ठाउँमा चेकपोष्ट बनाई सवारी चालकहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

सप्ताहकै अवसर पारेर सायरी मुक्त सवारी अनुगमन गरिएको थियो । जिल्लाका २३ स्थानमा दोस्रो दिन गरिएको अनुगमनबाट ५ सय बढी लाभान्वित भएका थिए । त्यस्तै विना प्रतिष्पर्धा सवारी चलाउन दिइएको प्रशिक्षणबाट २५० जना सवारी चालक लाभान्वित भएका हुन् । १५ ठाउँमा ट्राफिक प्रहरीले यस्तो प्रशिक्षण दिएको थियो ।
त्यस्तै सवारीको अगाडि राखिएका झलर तथा अशोभनिय तस्बीर समेत हटाउने कार्य ट्राफिक प्रहरीले सप्ताहको दोस्रो दिन गरेको छ । ट्राफिक सप्ताहको दोस्रो दिन मात्रै एक हजार ४० जना लाभान्वित भएका छन् ।

ट्राफिक सप्ताहको तेस्रो दिन तीन पाङ्ग्रे अटो र इ रिक्साको चेकजाँच तथा चालकलाई प्रशिक्षण प्रदान गरिएको थियो । जसबाट एक हजार बढी सवारी चालकलाई प्रशिक्षण प्रदान गरिएको प्रहरी निरीक्षक पौडेलले बताए ।

ट्राफिक सप्ताहको चौथो दिन दुई पाग्रे सवारी साधनको चेकजाँच तथा चालकलाई प्रशिक्षण प्रदान गरिएको थियो । सोही दिन मादक पदार्थ सेवन गरेर सवारी नचलाउने सम्वन्धि प्रशिक्षण प्रदान गरियो भने स्वरुप परिर्वतन गरेर सवारी सञ्चालन गर्नेलाई हुने कानूनी कारवाही सम्वन्धि जानकारी दिइयो । यो कार्यक्रमबाट झण्डै तीन हजार जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

सप्ताहको पाँचौ दिन सडक लेन अनुशासन कायम गराउन प्रशिक्षण प्रदान गरिएको थियो । सोही दिन आकस्मिक सवारी साधनलाई कसरी प्राथमिकता दिने भन्ने विषयमा समेत जानकारी प्रदान गरियो । सो कार्यक्रमबाट एक हजार पाँच सय जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

त्यस्तै ट्राफिक सप्ताहको छैठौं दिन स्कूल वस चालक तथा विद्यालयका प्रिन्सिपल, सञ्चालक प्याब्सन÷एन प्याब्सनका प्रतिनिधिहरुसंग छलफल र अन्तरक्रिया आयोजना गरिएको थियो । सो क्रममा एक हजार ४ सय २३ जना लाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको हो ।

सातौ दिन ट्राफिक सचेतना ¥याली सहित कार्यक्रम समापन गरिएको हो । बिर्तामोडस्थित मुक्ति चौकमा आयोजना गरिएको ¥याली नगर परिक्रमा पछि वानस्टप महल अगाडि आएर समापन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी स्थानीय संघ सस्थाका पदाधिकारी, विद्यार्थी लगायतको सहभागीतामा कार्यक्रम समापन गरिएको हो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka