Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङमा दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत जेब्रा क्रसिङ निर्माण

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

इलाका प्रहरी कार्यालय नेमुवा र इलाका प्रहरी कार्यालय हरैचाले ट्राफिक प्रहरी तथा स्थानीय निकायसँगको संयुक्त पहलमा बुढीगंगा गाउँपालिका–४ र ग्रामथान गाउँपालिका–७ हरैचामा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

बिज्ञापन

सवारी दुर्घटना न्यूनीकरण गर्दै पैदल यात्रुको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय तह, ट्राफिक प्रहरी र जनप्रतिनिधिको सहकार्यमा सडक सुरक्षा सचेतना तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिइने समेत बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka