Premier Cables
Premier Steel

विराटनगर

साढे ७ लाख बिगो मागिएका प्रतिवादी मोरङ अदालतबाटै भागे, प्रहरीमाथि सुरु भयाे छानबिन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | राती ९:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्ला अदालतको परिसरबाट दोषी ठहर भइसकेका एक प्रतिवादी सोमबार दिउँसो फरार भएका छन्। विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरमा पेस गरिँदै गर्दा प्रहरीलाई छल्दै फरार भएका हुन्।

झालाई सुनसरीको दुहबीबाट पक्राउ गरी आइतबार मोरङ जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो। उनलाई अदालतले चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ७ लाख ५० हजार रुपैयाँ बिगो र त्यसको ब्याज तिर्नु पर्ने फैसला गरिसकेको थियो।

बिज्ञापन

झाविरुद्ध नागेश्वरप्रसाद साहले दर्ता गरेको मुद्दामा २०८० माघ २३ गते अदालतले बिगो रकम असुल गर्न आदेश दिएको थियो। तर झाले फैसला कार्यान्वयन नगरेपछि साहले कैद सजाय माग गरेअनुसार अदालतले झालाई दुई वर्ष कैद सजाय तोकेको हो।

सोही आदेशअनुसार उनलाई सोमबार कारागार चलान गर्न अदालतमा उपस्थित गराइएको थियो। तर, अदालत परिसरमै ‘शौचालय जान्छु’ भन्दै अनुमति लिएका झा प्रहरीको नजर छल्दै फरार भएका हुन्।

प्रहरीका अनुसार उनलाई हवल्दार विकास सिंह नेतृत्वको टोलीले अदालतमा पेस गरेको थियो। घटनामा सुरक्षाको कमजोरी देखिएकाले प्रहरीमाथि छानबिन सुरु गरिएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

‘हाम्रो निगरानीमा रहेका व्यक्ति अदालत परिसरबाटै फरार हुनु गम्भीर लापरबाही हो,’ उनले भनिन्, ‘झाको खोजी तीव्र पारिएको छ।’

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka