Premier Cables
Premier Steel

राष्ट्रिय

वीरगञ्जमा इजालसमै न्यायाधीशमाथि मोसो छ्यापियो, तीन जना पक्राउ परे

माेहमद अफताब आलमलाइ दिएका थिए सफाइ

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ २९, २०८२  | साँझ ५:३९ बजे

वीरगञ्ज । उच्च अदालत अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि मोसो छ्यापेर दुर्व्यवहार गरिएको छ । घटनामा संलगन तीन जना पक्राउ परेका छन् ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले वीरगञ्ज इजलासमै प्रवेश गरेर न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन् । इजलासभित्रै नारा लगाउँदै जनताको विरुद्धमा फौसला गर्न पाउँदैन भन्दै न्यायाधीश थारुमाथि मोसो हानिएको थियो ।

बिज्ञापन

मोसो प्रहार गरेलगत्तै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल रहेको स्रोतले बतायो ।

गत जेठ १४ गते रौतहटको बहुचर्चित राजपुर बम बिस्फोट र व्यक्ति हत्याको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले उच्च अदालत वीरगन्ज इजलासबाट सफाइ पाएका थिए ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka