Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानमा अमेरिकी आक्रमण: ओमान, कतार र इराकले के भने ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | साँझ ५:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

तेहरान । इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि विभिन्न देशहरूबाट तीव्र प्रतिक्रिया आउन थालेका छन्। आणविक वार्तामा मध्यस्थता गर्दै आएको ओमानले आक्रमणको कडा निन्दा गर्दै तत्कालै तनाव न्यूनीकरणको आवश्यकता औंल्याएको छ।

ओमानको सरकारी समाचार संस्था ओमान न्युज एजेन्सीले देशको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, “यो अवैध आक्रमणको गम्भीर निन्दा गर्छौं। अमेरिकी कदमले क्षेत्रीय द्वन्द्व झनै चर्काउने खतरा पैदा गरेको छ। यो कार्य अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको खुला उल्लंघन हो।”

बिज्ञापन

यता, कतारले पनि अमेरिकी आक्रमणपछि उत्पन्न खतरनाक तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो परिस्थितिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा विनाशकारी परिणाम निम्त्याउने चेतावनी दिएको छ। कतारको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थाको चर्किंदो रूपप्रति खेद छ। सबै पक्षले सैन्य कारबाही तुरुन्त रोक्नुपर्छ र संवाद तथा कूटनीतिक समाधानतर्फ फर्कनुपर्छ।”

इराकले पनि इरानका आणविक केन्द्रहरूमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेको छ। इराकले यस्तो सैन्य कारबाहीले सम्पूर्ण क्षेत्रको शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिएको छ।

क्षेत्रीय स्थायित्वका लागि वार्ता र संयम आवश्यक रहेको उल्लेख गर्दै यी राष्ट्रहरूले शक्ति प्रयोगको सट्टा कूटनीतिक माध्यमलाई प्राथमिकता दिन आह्वान गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka