Premier Cables
Premier Steel

बैंक तथा वित्त विराटनगर

व्यापार संघको बिजटक : शेयर बजारमा स्ष्ट नीति औंल्याइयो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | बिहान ७:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा रोटरी क्लब अफ विराटनगर फ्युजन तथा रोटरेक्ट क्लब अफ विराटनगरको सहकार्यमा ‘नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव’ विषयक विजटक कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रम शुभकामना सेक्युरिटिज प्रा.लि.।को प्रायोजनमा सञ्चालन गरिएको हो।

कार्यक्रम संघको सभाहलमा कार्यकारिणी सदस्य एवं कार्यक्रम संयोजक ओम प्रकाश शर्माको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाई, विशाल मैदा मिल प्रा.लि.का प्रबन्ध निर्देशक विकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिजका प्रोमोटर निखिल अग्रवाल प्यानलिष्टका रूपमा सहभागी थिए भने केतन बोहरा मोडरेटरको भूमिकामा रहेका थिए।

बिज्ञापन

संयोजक शर्माले स्वागत मन्तव्यका क्रममा नेपालको शेयर बजारको हालको अवस्था, समस्याहरु र सम्भावनाबारे धारणा राख्दै हालको बजार विकासोन्मुख भए पनि अस्थिर रहेको टिप्पणी गरे। उनले अस्पष्ट नीतिगत पक्षका कारण बजारमा उतारचढाव आइरहने स्थिति रहेको उल्लेख गरे। बजार सुधारका लागि नियामक सुधार, आईपीओको सहजता, तथा निजी क्षेत्रको विश्वास बढाउने खालका नीतिहरु आवश्यक रहेको बताए।

कार्यक्रममा मोडरेटर र प्यानलिष्टबीच शेयर बजारसम्बन्धी विविध पक्षमा विस्तृत छलफल भयो। सहभागीहरुले राखेका जिज्ञासामाथि प्यानलिष्टहरुले आ–आफ्ना धारणा प्रस्तुत गरे।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला तथा युवा उद्यम समिति, रोटरी क्लब अफ विराटनगर फ्युजन, रोटरेक्ट क्लब अफ विराटनगरका प्रतिनिधि, विभिन्न संघ–संस्थाका सदस्य, उद्योगी, व्यवसायी, शेयर लगानीकर्ता, संचारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजनमार्फत गरिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka