विराटनगर । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मारवाडी युवा मञ्चले विशेष योगा कार्यशाला आयोजना गरेको छ।
द योगा स्टुडियोकी सर्टिफाइड ट्रेनर रुचिका बैदको विशेष प्रशिक्षणमामा योग शिविरको आयोजना गरिएको हो।
बिज्ञापन
मारवाडी युवा मञ्च बिराटनगरका अध्यक्ष मोहित लालवानीको अध्यक्षता मा आयोजित कार्यक्रममा मारवाडी सेवा समिति विराटनगरका उपाध्यक्ष जुगल किशोर राठी, जानकी सेवा सदका अध्यक्ष विजय लखोटिया, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य जय शर्मा, समाज सेवी पृथ्वी अग्रवाल, बिनोद दुगड, मारवाडी युवा मञ्चका पूर्वअध्यक्ष शिवरतन जोशी, राजेश लखोटियालगायत ६० जनाभन्दा बढी सहभागीत थिए ।