Premier Cables

कोशी प्रदेश

झापामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु, दुई घाइते

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०६, २०८२  | अपराह्न २:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापा गाउँपालिका–४ चौधरी टोलमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ११:३५ बजेतिर पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको बिना नम्बर प्लेटको अपाची मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार थिए।

विज्ञापन

दुर्घटनामा परी झापा–३ निवासी २२ वर्षीय साहिदुल हकको मृत्यु भएको छ। घाइते अवस्थामा उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो तर चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

मोटरसाइकल चालक झापा–४ का २४ वर्षीय इनरुल भनिने फकिर अली गम्भीर घाइते भएका छन् र उनको बी एन्ड सी अस्पतालमै उपचार भइरहेको छ। यस्तै, मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सोहिल मियाँको अवस्था मध्यम रहेको र उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल अत्यधिक गतिमा रहेको आशंका गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka