Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा तीन सवारी एक आपसमा ठोक्किए

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न १२:३९ बजे

विराटनगर । विराटनगर महानगरपालिका-१३ र १४ को सीमास्थलमा गए राति तीन सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनामा दुई ट्रक र एक मोटरसाइकल ठोक्किएका थिए । मोटरसाइकलमा सामान्य क्षति भएको छ । सडक छेउमा भएको मोटरसाइकलमा ट्रकले ठक्कर दिएको थियो ।

बिज्ञापन

भारततर्फबाट नेपालतर्फ आउँदै गरेको BR18G 4350 नम्बरको ट्रक र भारततर्फ जाँदै गरेको BR38GA 4492 नम्बरको ट्रक एकआपसमा ठोक्किँदा नजिकै चलिरहेको प्रदेश १–०४–००२ प ४४०४ नम्बरको मोटरसाइकल पनि दुर्घटनामा परेको हो।

दुर्घटनापछि दुवै ट्रक चालक फरार भएकोमा इलाका प्रहरी कार्यालय रानीका अनुसार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढिरहेको छ ।

इप्रका रानीले दिएको घटना विवरण अनुसार रानी भन्सार कार्यालयबाट विण्राटनगर तर्फ जाँदै गरेको कोइला लोड भएको ट्रक ब्याक गर्ने क्रममा सोही दिशातर्फ जादै गरेको मालबहाक ट्रक ठोकिन गएको थिो ।

एउटा ट्रकको अगाडिको भागमा पूर्ण रुपमा क्षति भएको छ ।

मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा समेत ठक्कर दिई फरार रहेकोमा भारत बस्ने वर्ष २६ को राहिल र ट्रक घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka