Premier Cables

राष्ट्रिय

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ २७, २०८२  | साँझ ७:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रामेछाप ।  रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ।

मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो।

विज्ञापन

प्र-३-००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ जनाको सनाखत भएको छ। एक जनाको सनाखत गर्न बाँकी छ।

ज्यान गुमाएका १२ जनामध्ये ७ जना पुरूष र ५ जना महिला छन्। उनीहरूको शव मन्थली अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

मृतक दोलखा भिमेश्वर-७ का २५ वर्षीया बबी तामाङ, भिमेश्वर-८ की ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु-४ का २८ वर्षीय दिपेश बस्नेत, लिखु-७ की सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीया भिमबहादुर तामाङ र १६ वर्षीया रमिता तामाङ छन्।

लिखु-४ का २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु-६ की ४५ वर्षीया मानकुमारी बरूवाल, उपाकुण्ड-६ का २४ वर्षीय विशाल सुनुवार र सिन्धुली गोलन्जोर-६ का ३४ वर्षीय शिव श्रेष्ठ छन्।

अन्दाजी ५० वर्षीय पुरूषको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा आठ जना घाइते समेत छन्। पाँच जना पुरूष र तीन जना महिला हुन्।

मन्थली-११ का ३१ वर्षीय चालक सुशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सामान्य घाइते छन्। घाइते सात जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka