Premier Cables
Premier Steel

विराटनगर

कोरियाबाट हरियाली अभियानलाई डाइनामिक मोरङकाे सहयोग

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | बिहान ८:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दक्षिण कोरियामा कार्यरत नेपालीहरूको संस्था ‘डाइनामिक मोरङ’ले नेपाली चलचित्र “उनको सुइटर” को प्रदर्शनमार्फत संकलित आम्दानीबाट ५१ हजार रुपैयाँ सुन्दर, सफा र हरियाली विराटनगर बनाउने अभियानलाई सहयोग प्रदान गरेको छ।

उक्त सहयोग डाइनामिक मोरङको पहलमा कोरियामा चलचित्र प्रदर्शन गरेर प्राप्त नाफाबाट गरिएको हो। संस्थाले नेपालको स्वच्छता र हरियाली प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले रकम प्रदान गरेको बताइएको छ।

बिज्ञापन

हरियाली अभियान समूहले डाइनामिक मोरङका सम्पूर्ण सदस्यहरू, कोरियामा कार्यरत नेपालीहरू र नेपालमा रहेर समन्वय तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

समूहले भनेको छ, “तपाईँहरूद्वारा दिनरातको खुन–पसिनाबाट कमाइएको पैसाको अंश राष्ट्र निर्माणमा लगानी हुनु गौरवको कुरा हो। तपाईँहरूको यो योगदानले प्रत्यक्ष प्रभाव पार्ने उपलब्धिहरू सुनिश्चित गर्नेछ।”

विराटनगरलाई स्वच्छ, सुन्दर र हरित शहर बनाउने अभियानमा थप उर्जा मिलेको भन्दै समूहले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka