Premier Cables
Premier Steel

अपराध विराटनगर

पारुलले विराटनगरमा रोपेका बिरुवा र ‘ट्री-गार्ड’ चोरी हुन थाल्यो

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | बिहान ८:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशकाे राजधानी राजधानीको व्यस्त क्षेत्र रहेको बिजुली अफिस छेउबाट सातवटा फलामका ट्रिगार्ड चोरी भएको छ। ती ट्रिगार्डभित्र रोपिएका गाछीहरूलाई समेत जरैदेखि काटिएको भेटिएपछि अभियन्ता आक्रोशित भएका छन्।

यस क्षेत्रमा केही वर्षअघि हरियाली प्रवर्द्धनको उद्देश्यले विभिन्न जातका बिरुवाहरू रोपिएका थिए। तीमध्ये केही अब ठूलै गाछीमा रूपान्तरण भइसकेका थिए। तर, हालै अज्ञात समूहले फलामका ट्रिगार्ड चोरेर लगेका छन् र बिरुवाहरूलाई जरैदेखि विनाश गरेको अभियानकर्मी पारुल क्षेत्रीले बताए ।

बिज्ञापन

उनका अनुसार यस्ता घटना प्रत्येक दिनजसो भइरहे पनि प्रशासन भने मौन छ। “हामी गुनासो गर्छौं, आक्रोश पोख्छौं तर सुनिदिने कोही छैन,” भने, “जिल्लाको प्रमुख सिडिओ, एसपी, डीआईजी, मुख्यमन्त्री, मेयर – सबै यहीँ छन् तर अहिलेसम्म न कुनै छानबिन भएको छ, न कसैलाई पक्राउ।”

घटनाप्रति स्थानीय अताउला मियाँको भावना विशेषगरी मार्मिक रहेको छ। उनले ती गाछीहरूलाई आफ्नै सन्तानसरह माया गरेर हुर्काएका थिए। घटनास्थलमा उनले आँखा रसाएका देखिएका थिए।

स्थानीयवासीले यस्ता घटनाले न केवल हरियाली अभियानमा धक्का पुर्‍याएको, तर सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन्।

सुरक्षा निकाय र सरोकारवाला निकायको लापरवाहीले जनता असुरक्षित महसुस गरिरहेका छन्। यस्ता घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka