Premier Cables
Premier Steel

विराटनगर

९० वर्ष पुरानो पिपल काटिएपछि विराटनगरमा क्षमापूजा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar सोमबार, साउन २६, २०८२  | राती ८:३४ बजे

विराटनगर । विराटनगरको मेडरोडस्थित सत्यनारायण मन्दिर अगाडि रहेको करिब ९० वर्ष पुरानो पिपलको रुख राधाकृष्ण रथयात्राको बहानामा काटिएपछि हरियाली अभियन्ताहरूले सोमबार अपराह्न सामूहिक क्षमा पूजा आयोजना गरेका छन्।

राधाकृष्ण रथयात्रा हिँडाउन डिस्टर्ब हुने भन्दै हिजो रुख सत्यनारायण मन्दिर अगाडिकाे पिपलकाे रुख मेसिन लगाएर मुडुलै हुने गरी कटान गरिएकाे थियो ।

बिज्ञापन

अभियन्ताहरूका अनुसार धार्मिक महत्व बोकेको पिपलको रुख काटेर पर्यावरण र शहरको ऐतिहासिक सम्पदामा अपूरणीय क्षति पुगेको छ। उनीहरूले रुख रोपेर हुर्काउन वर्षौं मेहनत लाग्ने तर एकैपटकमा काटेर उजाड बनाउने कार्य गम्भीर अपराध भएको बताएका छन्।

हरियाली अभियन्ता पारुले क्षेत्रीले “यति पुरानो पिपल काट्ने जो कोहीलाई पाप लाग्छ, र भविष्यमा अरूले पनि रुख काट्नुअघि हजारपटक सोचून” भन्दै क्षमा पूजाको उद्देश्य स्पष्ट पारे।

लेखक रामरिझन यादवले ऐतिहासिक रुख काट्नेहरूलाई क्षमा माग्नुपर्ने बताए भने डा. रश्मी थापाले देखावटी वृक्षारोपणभन्दा हुर्किसकेका रुख संरक्षण गर्नु नै वास्तविक वातावरणीय योगदान हुने बताए ।

अभियन्ताहरूले पुराना रुख काटेर अग्ला मानव निर्मित रथ चलाउने परम्परा छोडी, ऐतिहासिक खाटमै रथयात्रा गर्न सुझाव दिएका छन्।

महानगरपालिकाले भदौ १ गते हुने रथयात्राको सुरक्षाका कारण देखाउँदै आइतबार उक्त पिपल काटेको हो। सहभागीहरूले यो कार्य शहरको पारिस्थितिक र सांस्कृतिक धरोहरमाथि प्रहार भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

अभियानकर्मीले बुझाए ज्ञापन

गो ग्रिनका अभियानकर्मी उत्तम दाहाल, सुधिर दुलाल, देवचन्द्र घिमिरे,महेश कुमार चापागाईं, सुशील केसीलगायतले विभिन्न सरकारी निकायमा पुगेर ध्यानकर्षण गरेका छन् । रुख काटिनु उचित नभएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिकाका मेयर वन कार्यालयका प्रमुख र विद्युत प्राधिकरणका प्रमुखलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका हुन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka